पोखराको एलजीलाई भिमाद कपको उपाधि

तनहुँ | मंसिर १३, २०८०

पोखराको एलजीलाई भिमाद कपको उपाधि

तनहुँ:   तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो । 


फाइनल खेलको निर्धारित समयमा दुवै टोली  गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो । ट्राइबेकरमा एलजीले भिमादलाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।  

    
एलजी एशोसिएसन तनहुँ ११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

    
उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्